दाहालले छोडेको ‘माओवाद’ चन्दले ब्यूँताए
ekantipur.com · Tue Nov 18 18:01:24 GMT 2025

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओवाद छाडे पनि माओवादीकै पूर्वनेता नेत्रविक्रम चन्दले त्यसलाई वैधानिक रूपमा ब्यूँताएका छन् । निर्वाचन आयोगमा दल दर्ता गरी आफूले माओवादी धारको ‘असली’ पार्टी बनाउन चाहेको उनले बताए । महासचिव चन्द रहेको नेकपा (माओवादी) लाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ ।
माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलगायत करिब एक दर्जन घटकसँग एकता गरेपछि नाम र माओवाद छोडेको हो । यसअघि मार्ग निर्देशक सिद्धान्त मान्दै आएको माओवादलाई उसले करिब करिब विसर्जन गरेको छ । अब दाहाल नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद भएको छ । जुन एमालेले तीसको दशकदेखि अँगाल्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)