मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘दलबाट निर्वाचित सांसदले अर्को दललाई व्यक्तिगत समर्थन गर्न मिल्दैन’

rajdhanidaily.com · Tue Jun 29 23:22:16 GMT 2021

काठमाडौं । संसद् विघटनसम्बन्धी सुनावाइमा सरकार पक्षबाट बहस गर्दैै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले राजनीतिक दलबाट निर्वाचित सांसदले अर्को पार्टीलाई व्यक्तिगत समर्थन गर्न नमिल्ने तर्क गरेका छन् ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूले दलीय व्यवस्था मान्दैनौं भन्न नमिल्ने बताएका छन् । पाण्डेले संविधानको ७६ को उपधारा ५ अनुसार पनि दलीय ह्विप लाग्ने बताए । उनले दलको अनुशासनबाहिर दलका सांसद र नेता जान नमिल्ने तर्क गरे । राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था पनि यही रहेको पाण्डेको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)