मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ चैतमा राजावादी–गणतन्त्रवादी आमनेसामने

rajdhanidaily.com · Tue Mar 25 23:01:24 GMT 2025

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस्था पुनस्र्थापनाको माग गर्दै मंगलबारदेखि औपचारिक रूपमा आन्दोलनमा होमिएको छ । सुवेदी नेतृत्वको समितिले १५ चैत शुक्रबार राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ भने राप्रपाले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले त्यसअघि राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा समर्थन गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौंको एक प्यालेसमा मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले ‘राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुप-यो त्यसमा समर्थन गर्ने’ निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)