नेताहरू टिम निर्माणमा व्यस्त, प्रदेश १ मा अधिवेशन स्थगित
ekantipur.com · Fri Dec 03 01:08:59 GMT 2021
काठमाडौँ — समूहका नेताहरू टिम निर्माणमा व्यस्त भएपछि कांग्रेसको प्रदेश १ को अधिवेशन उद्घाटन हुन सकेन । देउवा–सिटौला र पौडेल–कोइराला समूहका नेताहरू दिनभर उम्मेदवारको नाम टुंग्याउन व्यस्त थिए ।
कांग्रेसका एक नेताले भने संस्थापनबाहेक समूहका नेतालाई बोल्नेमा सूचीमा नराखिएपछि अधिवेशन उद्घाटन रोकिएको बताए । सभापति देउवाले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गरेपछि कार्यक्रमको सभापतित्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समापन गर्ने तय भएको थियो । तर संस्थापनबाहेक समूहका केन्द्रीय सदस्यहरू शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसीलगायतले बोल्न पाउनुपर्ने माग राखेपछि उद्घाटन समारोह हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)