‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा न्यौपानेलाई प्रदान गरिने
barnanmedia.com · Wed May 07 21:42:39 GMT 2025

काठमाडौँ, २५ वैशाखः ‘ गोधूलि कला साहित्य प्रतिष्ठान’ ले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने यस वर्षको ‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा सागर न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठान पुरस्कार छनोट समितिको बुधबारको बैठकले ‘गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार’ बालसाहित्यकार सङ्गम बिकेलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रकाश समिरले जानकारी दिनुभयो ।
यसैगरी, प्रतिष्ठानले ‘गोधूलि वाङ्मय शिखर अभिनन्दन’ बाट साहित्यकार होमनाथ सुवेदी, ‘गोधूलि सत्यमोहन संस्कृति सम्मान’ बाट साहित्यकार पल्वीर जुग्जाली र ‘गोधूलि काव्यश्री सम्मान’ बाट साहित्यकार लक्ष्मी मालीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)