मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

barnanmedia.com · Wed May 07 21:49:25 GMT 2025

काठमाडौँ, २५ वैशाखः यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।

परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको अध्यक्ष राजु थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)