परिवारका ६ जनाको हत्यामा प्रहरीले अझै भेटेन ‘क्लु’
ekantipur.com · Fri Sep 10 00:35:14 GMT 2021
संखुवासभा — मादी नगरपालिका–१ मा भएको सामूहिक हत्याको चार दिन बित्दा पनि प्रहरीले ‘क्लु’ भेटेको छैन । घटनास्थलमा खटिएका संघदेखि जिल्लासम्मका प्रहरीका चार टोलीले अनुसन्धान सकारात्मक रहेको बताउँदै आएका छन् तर कसैलाई पक्राउ गर्न सकेका छैनन् ।
घटनाकै दिनबाट संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको विशेष प्रहरी टोली घटनास्थलमा छ । त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, प्रदेश प्रहरी कार्यालयको टोली तथा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चैनपुरको टोली अनुसन्धानमा खटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)