अब मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्छन् कि प्रदेशसभा विघटन ?
baahrakhari.com · Mon Feb 22 00:24:00 UTC 2021
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस (टेबुल) भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गते अर्को बैठक बोलाएका छन् । तर, त्यो बैठक बसे मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्छन् अथवा त्यसअघि नै प्रदेशसभा विघटन गराउँछन् भन्ने आशंका चुलिन पुगेको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा चुलिएको विवाद अन्ततः प्रदेशसम्म आइपुगेको हो । अब ‘प्रदेशसभा रहन्छ वा सिध्याइन्छ’ भन्ने अड्कलबाजीबीच मुख्यमन्त्री राईले सार्वजनिक रुपमै ‘प्रतिकूल परिस्थिति बने प्रदेशसभा विघटन गराउने’ संकेत भने दिइसकेका छन् । मुख्यमन्त्रीकै अगुवाइमा यो कदम चाल्न सकिने प्रदेशसभाका सदस्यहरूले समेत आकलन गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)