लिभरपुलको लिग उपाधि सम्भावना कायमै
ekantipur.com · Wed May 11 00:39:31 GMT 2022
काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार एस्टन भिल्लालाई २–१ ले हराएर आफ्नो उपाधि सम्भावना कायम राखेको छ । यो जितपछि लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।
भिल्लाले खेलको छैटौं मिनेटमा डगलस लुइजको गोलले अग्रता लिएको थियो, तर जोएल माटिपले लिभरपुलका लागि बराबरी गोल गरे । खेल सकिन २५ मिनेट अगाडि साडियो मानले हेडबाट निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)