‘कोरिया कमाई र सीप भैँसीपालनमा’
barnanmedia.com · Wed May 07 22:12:05 GMT 2025

काठमाडौँ, २५ वैशाख: दक्षिण कोरियामा १० वर्ष बिताउनुभएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गर्नुभएको छ । यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिनुभएको छ ।
विसं २०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि हाल गण्डकी प्रदेशमै ठूलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ । दश वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसीहरू छन् । हाल फर्मबाट दैनिक १८५ देखि २०० लिटरसम्म दूध उत्पादन भइरहेको छ । यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)