लिभरपुल र चेल्सीबीच बराबरी
ekantipur.com · Sun Aug 29 01:12:51 GMT 2021
लन्डन — इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित चेल्सीले शनिबार लिभरपुललाई १–१ को बराबरीमा रोकेको छ । चेल्सीले काई हाभरटेजको गोलले अग्रता लिएयता मोहम्मद सलाहले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
चेल्सीले पहिलो हाफमै रिस जेम्सलाई गुमाएपछि टिम दबाबमा आए पनि एनफिल्डमा एक अंक बटुल्न सफल रह्यो । यो नतिजापछि उपाधि–होडमा रहेका दुवै टिमको सात-सात अंक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)