हिजो भन्दा आज चिसो, काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झर्याे
Ujyaaloonline.com · Wed Dec 28 01:25:29 GMT 2022
काठमाण्डाै – देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ ।
हिजो ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ । विरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)