मधेस प्रदेशमा नौ मन्त्रालय बनाउन सिफारिस
makalukhabar.com · Thu Jul 02 16:27:19 GMT 2026

काठमाडौं । मधेस प्रदेश सरकारको मन्त्रालय नौ वटा बनाउन कार्यदलले सिफारिस गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित मन्त्रालयको सङ्ख्या तथा कार्यविभाजन पुनरावलोकन गठित उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई आज प्रतिवेदन बुझाएको छ ।
कार्यदलले मधेस प्रदेश सरकारले प्रशासनलाई थप चुस्त, मितव्ययी, उत्तरदायी र नतिजामुखी बनाउन मन्त्रालयको सङ्ख्या हालको संरचनाबाट घटाएर नौ वटा कायम गर्न सिफारिस गरेको छ । कार्यदलको प्रतिवेदनमा मन्त्रालयबीच देखिएको कार्यगत दोहोरोपन हटाउने, प्रशासनिक खर्च घटाउने, सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
मधेस प्रदेश
काठमाडौँ