मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ करोड डोज खोप किन्ने सम्झौता

ekantipur.com · Tue Aug 03 00:35:24 GMT 2021

काठमाडौँ — सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०/४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठका अनुसार फाइजर र जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि सम्झौता भएको छ भने मोडर्ना खोप किन्न विश्व बैंकमार्फत भुक्तानीसमेत भइसकेको छ । यी खोप माघभित्र आइसक्ने मन्त्री श्रेष्ठले जनाएका छन् ।‘मैले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोरकिशोरीसमेतलाई लक्षित गरी मोडर्ना, जोन्सन एन्ड जोन्सन, फाइजर र अस्ट्राजेनेकाको गरी १ करोड ५० लाख डोज खरिद गर्न सम्झौता भएको छ,’ उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)