युक्रेनका राष्ट्रपति संयुक्त राष्ट्रसङ्घको मञ्चमा, रुसले युक्रेनमा गरेको आक्रमणको महासभामा चर्को आलोचना
Ujyaaloonline.com · Wed Sep 20 00:42:27 GMT 2023
काठमाण्डौ – संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
महासभामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुहुन्छ । आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)