बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणमा सीआईबीको फितलो अनुसन्धान, मुख्य प्रतिवादी सिंहसँगै लिएन बयान
barnanmedia.com · Wed May 07 22:44:32 GMT 2025

बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणमा जाहेरी परेको एक वर्षपछि बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। २०८१ वैशाख २६ गते बाल मन्दिरका केन्द्रीय सदस्य मोहनप्रसाद भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी दिएका थिए।
सरकारको मुद्दा चलाउने नचलाउने अन्योलका बीच सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित अगाडि बढाएको फाइल महान्यायाधिवक्ताको कार्यालयबाट बदर गर्दै मुद्दा चलाउने निर्णय गरेपछि बुधबार अदालतमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)