मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने

ratopati.com

काठमाडौँ अनामनगर बस्दै आएका २५ वर्षीय शंकर रिजाललाई एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । भाद्र १४ गते एक्कासि बिरामी परेका उनी भोलि पल्टै डेंगु सङ्क्रमणको आशंकामा टेकु अस्पताल पुगे । ज्वरो र शरीर दुखाइले आत्तिएका उनलाई परीक्षण गर्दा डेंगु पुष्टि भने भएन । डाक्टरको सल्लाहमा औषधि सेवन गरिरहेपनि स्वास्थ्यमा समस्या आइरहेकाले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको सुनाए ।

उता शंखमुल बस्दै आएकी पवि राईको परिवार तीन जनालाई एक्कासि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुखेपछि उनीहरू सिभिल अस्पताल पुगे । डक्टरको सल्लाहमा डेंगु परीक्षण गराउँदा तीनै जनाको नेगेटिभ रिजल्ट आयो । चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको तीन काट्दा पनि स्वास्थ्य सुधार आएन । त्यसपछि उनी दुवै छोरीसहित टेकु अस्पतालमा पुगेर पुन: डेंगु परीक्षण गरे पनि नेगेटिभ नै आएको सुनाइन् । डाक्टरको सल्लाहमा औषधि सेवन गरी आराम गरिरहेको सुनाए । डेंगुका बिरामी बढिरहँदा डेंगुको जस्तै लक्षण देखिने तर, परीक्षण गर्दा नेगेटिभ रिजल्ट आउने चिकित्सकहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)