शिक्षाका निमित्तलाई निरन्तरता दिननिमित्त प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नै हुन नदिई मन्त्रालयमै फिर्ता
barnanmedia.com · Wed May 07 23:02:51 GMT 2025

मुगुको सोरु गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हिरालाल आचार्यलाई हाजिर नै हुन नदिई मन्त्रालयमै फिर्ता पठाएको छ।
सोरु गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत शिक्षा अधिकृत वीरेन्द्र मल्ललाई निरन्तरता दिन गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले मन्त्रालयबाट सरुवा भएर आएका शाखा अधिकृत हिरालाल आचार्यलाई कार्यालयमा हाजिर हुन नदिई फिर्ता पठाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ चैत ६ गते आचार्यलाई सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)