मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
gorkhapatraonline.com · Thu Jun 11 06:48:42 GMT 2026

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो सङ्कटमा तानिएको उल्लखे गर्दै यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाउनुभएको छ । पछिल्लो समय बढेको आक्रमण अवस्था थप बिग्रन लागेको उहाँले बताउनुभएको छ, जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ । उहाँले कुनै पनि पक्ष आक्रमक नबनी थप जोखिमलाई कम गर्नुपर्ने बताउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)