सुदूरपश्चिमका मन्त्रालयमा भेटघाट बन्द, यस्तो छ कारण
shilapatra.com · Thu Jun 11 06:49:34 GMT 2026

सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा भेटघाट बन्द गरिएको छ । आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधकार विकास मन्त्रालयमा भेटघाट बन्द गरिएको हो । ‘माननीय मन्त्रीज्यूको कार्यव्यस्तताका कारण आज (२८ गते) देखि घेटघाट बन्द गरिएको जानकारी गराइन्छ,’ मन्त्रालयको मूल गेटमा लेखिएको छ ।
प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ । बजेटको तयारी सुरु भएसँगै मन्त्रालयहरूमा योजना माग्नेको भिडभाड लाग्न थालेको थियो । प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रदेश योजना तर्जुमा दिग्दर्शनको व्यवस्थाअनुसार बजेटको सीमा तथा मार्गदर्शन पठाइसकेपछि योजना छनोट गरिन्छ । उक्त अवधिमा योजना माग्ने सर्वसाधारण, जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ताहरूको मन्त्रालयमा बर्सेनि भिड लाग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)