मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ठडियो २२ तले धरहरा : गजुरमा सुनको जलप लगाउन बाँकी, वैशाख दोस्रो साता उद्घाटन तयारी

nayapatrikadaily.com · Wed Apr 07 00:15:00 GMT 2021

लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ । धरहरामा राखिने गजुरको काम पनि सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको गजुरमा सुनको जलप लगाउन भने बाँकी छ । गजुरमा सुनको जलप लगाउन प्राधिकरणले एक सय २६ तोला सुन धरहरा निर्माण कम्पनीलाई दिने तयारी गरेको छ । प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ । ‘जलप लगाएको गजुर राखेपछि धरहरा निर्माण सम्पन्न हुनेछ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)