रुसमा जारा, सामसङ र पेपालको कारोबार रोकिने
baahrakhari.com · Sat Mar 05 16:46:00 GMT 2022
मस्को । रुसमा आइतबारदेखि सेन्ट पिटर्सवर्गलगायत स्थानमा रहेका जारा कम्पनीका ८६ वटा स्टोर बन्द हुने भएका छन् । रुसले युक्रेनमा आक्रमण गरेकै कारण रुसमा आफ्नो व्यापार, व्यवसाय रोक्ने पछिल्ला अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीमा जारा, पेपाल र सामसङ रहेका छन् ।
त्यसैगरी, लुगाफाटाका खुद्रा व्यवसायी इन्डिटेक्सले पनि बेस्का, स्ट्राडिभारियस र ओइसोलगायत रुसमा आफ्ना आठवटा ब्रान्डका लुगा बिक्री गर्दै आएका ५०२ वटा स्टोर आइतबारदेखि नै बन्द गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)