काेशी प्रदेशमा भारी वर्षाकाे सम्भावना, तीन दिनयताकाे झरी राेकिएला ?
shilapatra.com · Fri Aug 25 23:15:00 GMT 2023
आज कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्दा सप्तकोशीमा पानीको बहाब बढ्ने गरेको छ । भीषण वर्षाले तराईमा डुबान हुने गरेको छ । वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, पहिरो, भूक्षयजस्ता प्रकोप हुने सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।
महाशाखाका अनुसार कोशीसँगै बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)