बेपत्ता खोज्दै मोती र पिक्कु, अझै बाढीपहिरोमा परी २० जना बेपत्ता
newsofnepal.com · Sun Jun 25 00:53:04 GMT 2023
संखुवासभा । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म खोजी जारी राख्दा पनि नभेटेपछि तालिमप्राप्त कुकुर मोती र पिक्कुबाट खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण गत शनिवार राति आएको बाढी र पहिरोमा परी संखुवासभाको हेवाखोलामा १७, पिलुवाखोलामा १ र सभाखोलामा २ जना अझै बेपत्ता भएका छन् । बेपत्ताको स्थानीयवासीलगायत सुरक्षाकर्मीको टोली परिचालन गरी एक सातासम्म खोजी जारी राखे पनि नभेटिएपछि नेपाल प्रहरीले सुनसरीको धरानबाट तालिम प्राप्त कुकुर ल्याई सभाखोलाबाट खोजी कार्य शुरू गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)