मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कीर्तिपुर मैदानको फ्लड लाइटका लागि टेन्डर नै परेन

nayapatrikadaily.com · Thu Sep 14 00:29:00 GMT 2023

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट र आधुनिक डिजिटल स्कोर बोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत कुनै पनि कम्पनीले रुचि देखाएनन्, टेन्डर नै परेन ।

नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रियस्तरको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरेको फ्लड लाइटको टेन्डर अहिलेसम्म कुनै पनि कम्पनीले दाबी गरेका छैनन् । राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर खुलाएको छ । कसैले पनि मागअनुसार टेन्डर भरेका छैनन् । परिषद्ले दोस्रोपटक मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्डका लागि भ्याटबाहेक २८ करोडको टेन्डर आह्वान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)