मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न विपक्षी दलको माग, परराष्ट्रमन्त्रीको जवाफमा असन्तुष्टि

lokaantar.com

विपक्षी दलहरूले बजेटको बेला अस्वाभाविक ढंगले विद्युतीय गाडी (ईभी) भित्रिएको तथा आर्थिक विधेयकमा हेराफेरि गरिएकोबारे संसदीय छानबिनको माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले, नेकपा र राप्रपाले संसदीय छानबिन माग गरेका हुन् । एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाका ज्ञानेन्द्र शाहीले संसदीय छानबिनको माग गरेका हुन् ।

‘अस्वाभाविक ढंगले ईभी आयात भएका छन् र सामान नआउँदै भन्सार पास गरिएको छ, यो शंकास्पद भयो’, दुलालले भने, ‘अर्थ विधेयकमा पनि हेरफेर भएको छ । संसदीय छानबिन हुनुपर्छ ।’

विपक्षी दलले प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री स्वयले संसद्‌मा जवाफ दिनुपर्ने पनि माग गरे ।

कांग्रेसकी सीता थपलिया, एमालेका ऐन महर, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ लगायतले नेपालले समेत भारतीय भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग गरे ।

विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‌मा विरोध जारी राख्ने बताएका छन् । विपक्षी दलले विरोध दर्ज गरेपछि संसद्‌मा बजेटमाथिको सैद्धान्तिक छलफल शुरू भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)