मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थतन्त्रका समस्याबारे जानकार छु, समाधानका लागि लागि पर्छुः अर्थमन्त्री पुन

corporatenepal.com · Wed Mar 06 18:06:03 GMT 2024

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गर्नुभएको छ । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुहुँदै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताउनुभयो ।

“अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)