बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य १ ओभर बाँकी छँदै पछ्याउँदै पञ्जाबको रोमाञ्चक जित
pahilopost.com · Sun Mar 27 17:55:33 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि ५ विकेटको रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित डीवाई पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै भेट्टाएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई विशाल स्कोरतर्फ लैजान कप्तान फाफ डुप्लिसले अर्धशतकीय पारी खेलेका थिए। उनले ५७ बलमा ७ छक्का र ३ चौकाको सहायतामा ८८ रन बनाए। त्यस्तै अनुज रावतले २१ रन बनाउँदा बिराट कोहली ४१ र दिनेश कार्तिक ३२ रनमा अविजित रहे। र, २ विकेटको क्षतिमा बेङ्ग्लोरले २०५ रनको विशाल स्कोर खडा गर्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)