वर्षाले अत्यावश्यक सेवा अवरुद्ध
ekantipur.com · Wed Oct 20 00:57:31 GMT 2021
काठमाडौँ — आइतबारदेखिको निरन्तर वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक, सञ्चार, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा क्षति भएको छ । मंगलबार बेलुकासम्मको विवरणअनुसार सबैभन्दा धेरै भौतिक क्षति सुदूरपश्चिम प्रदेशमा भएको छ ।
सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लामा विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध छ । कैलालीको खानीडाँडामा रुख ढलेर अत्तरिया–बलाँच १३२ केभी प्रसारणलाइनमा क्षति पुगेको छ । प्रसारणलाइनसँगै बिछ्याइएको अप्टिकल फाइबरमा पनि क्षति पुग्दा बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला र बैतडीमा सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि पहाडी जिल्लामा सेवा अवरुद्ध भएको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सिनियर इन्जिनियर घनश्याम पाठकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)