फेरि बढ्यो पेट्रोलियमको मूल्य
dekhapadhi.com · Tue Feb 16 16:43:00 UTC 2021
काठमाडौँ। पेट्रोल तथा डिजेलको मूल्य फेरि बढेको छ। आज नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल/मट्टितेल र एलपी ग्यासको मूल्य बढेको जनाएको हो।
निगमले जनाएअनुसार पेट्रोल, डिजेल/मट्टितेल तथा एलपी ग्यासको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर/प्रति सिलिन्डर क्रमशः दुई रूपैयाँ र २५ रूपैयाँले वृद्धि भएको छ। यससँगै पेट्रोलको मूल्य प्रति लिटर एक सय १२ रूपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रति लिटर ९५ रूपैयाँ र एलपी ग्यासको प्रति सिलिन्डर १४ सय पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)