सङ्खुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित
gorkhapatraonline.com · Mon Mar 09 18:03:19 GMT 2026

। सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. अर्जुनकुमार कार्की विजयी हुनुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)