प्रधानमन्त्री कप चैत ७ बाट सुरु हुने
baahrakhari.com · Mon Mar 09 18:12:11 GMT 2026
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि सुरु हुने भएको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुने जनाएको हो । क्यानका अनुसार, प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला, पर्सा र जनकपुरमा आयोजना हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)