मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुर महानगर र प्रचण्डकाे निर्वाचन क्षेत्रकाे विकास देखेर मलाई पनि ईर्ष्या जाग्याे - मन्त्री शर्मा

Ujyaaloonline.com · Tue Nov 23 00:40:36 GMT 2021

चितवन – अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्न लायक विकास भएको बताउनुभएको छ ।

चितवनमा आज साेमवार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत ईर्ष्या जागेको बताउनुभयो । ‘यो ईर्ष्या भनेको सकारात्मक ईर्ष्या हो, देशभर सबैले सिक्न लायक विकास हो’ उहाँले भन्नुभयाे, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)