मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व पक्षाघात दिवसका अवसरमा पदयात्रा

abhiyandaily.com

काठमाडौं । विश्व पक्षाघात दिवसको अवसरमा पदयात्रा गरिएको छ । नेपाल पक्षाघात संघ, नेपाल पक्षाघात परियोजना, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताललगायत विभिन्न संघसंस्थाको आयोजनामा बुधवार बिहान काठमाडौंको महाराजगञ्जदेखि सामाखुसी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको हो । पदयात्रापछि आयोजित कार्यक्रममा नेपाल पक्षाघात संघका अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले विश्वमा वर्षेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको बताए । ‘पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यो अवस्था न्यूनीकरणका लागि सरकारले विशेष ध्यान दिनु जरुरी छ,’ उनले भने । विश्वमा हरेक चारमा एकलाई र ६ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको उनले बताए ।

नेपाल जस्तो अल्पविकसित देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उनले बताए । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । रासस

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)