मन्त्री हुँदा आफ्नै बारीमा योजना, पद गएपछि अलपत्र
annapurnapost.com · Sun Aug 28 00:13:00 GMT 2022
गोरखा : गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आफू पदमा रहँदा आफ्ना खेतबारीमा तीनवटा योजनामा बजेट विनियोजन गरे। सरकार परिवर्तनपछि अहिले ती तीनै योजना अलपत्र छन्।
सिरानचोक गाउँपालिका–५ जरेबरफाँटमा लिफ्ट सिँचाइ योजनाका लागि चार वर्षअघि बजेट छुट्ट्याए। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाबाट निर्माण भएको यो योजनाले मन्त्रीको खेतसहित जरेबर क्षेत्रको २० हेक्टर जमिन सिँचाइ पुर्याउने लक्ष्य राखिएको थियो। निर्माण व्यवसायी र उपभोक्ता समितिबाट गरी करिब ६० लाखको काम भयो। तर, निर्माण कम्पनीले योजना बुझाएको भोलिपल्टदेखि त्यहाँ पानी चलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)