मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डको राजधानीमा दुर्घटना: २३ जना घाइते

ratopati.com · Tue Nov 18 18:35:00 GMT 2025

वार्सा । पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपेन्डेन्स नजिक बैङ्क स्क्वायर र ओल्ड टाउनको बीचभागमा भएको हो ।

ट्राम लाइन ४ ले बस लाइन १६० लाई ठोक्किएपछि बस अर्को टेक्निकल रनमा रहेको ट्राममा गएर ठोकिएको बताइएको छ । घाइतेमध्ये १७ जनालाई अस्पताल पुर्‍याइएको छ, भने ६ जनाको घटनास्थलमै प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)