चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख
barnanmedia.com · Mon Mar 09 19:15:01 GMT 2026

पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात गर्ने सबैभन्दा ठूलो देश बनेको छ । सन् २०२१–२५ को अवधिमा चीनले निर्यात गरेको प्रमुख हतियारको करिब ६१ प्रतिशत हिस्सा पाकिस्तानमै पुगेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार पाकिस्तानको कुल हतियार आयातमध्ये करिब ८० प्रतिशत चीनबाट आएको छ । सन् २०१६–२० को अवधिमा चीनबाट आउने हिस्सा ७३ प्रतिशत रहेको थियो । यो पछिल्लो अवधिमा अझ बढेको देखिन्छ । चीनले यस अवधिमा ४७ देशलाई प्रमुख हतियार आपूर्ति गरे पनि यसको सबैभन्दा ठूलो हिस्सा पाकिस्तानतर्फ गएको तथ्य प्रतिवेदनले औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)