जनताका पीडा बुझोस् सरकारले
rajdhanidaily.com · Wed Aug 11 23:15:04 GMT 2021
असार १७ गते धनुषाकी ३० वर्षीय बेगम खातुनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । २१ गते नै आर्या केयर नामक निजी अस्पतालले उनलाई डिस्चार्ज गरे पनि उपचार खर्चबापतको १ लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनसम्म बन्धक बन्नुप¥यो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिकी पत्नी राधिका शाक्यले उपचार खर्च तिरिदिने रुचि देखाएपछि मात्रै अस्पताल प्रशासनले उनको उपचार खर्च निःशुल्क गरेको थियो । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका उनका श्रीमान्ले लकडाउनका कारण काम नपाउँदा दैनिक छाक टार्नसमेत मुस्किल भएको बताएका थिए । गर्भवती तथा सुत्केरी भएको समयमा आमालगायत पेटमा हुर्किरहेको शिशुका लागि आमालाई प्रशस्त पोसिलो खानेकुराको आवश्यकता पर्छ । उनलाई त एउटा मात्रै होइन, दुईटा बच्चालाई दूध चुसाउनुपरेको थियो । यसकारण अरू सुत्केरीको भन्दा दोब्बर पोसिलो खानेकुराको आवश्यकता थियो उनलाई । बेलाबेला आउने यस्ता खबरले सुत्केरी भएपछि पनि दुई छाक पेटभरि खान नसक्ने अवस्थामा बाँचिरहेका बेगम खातुनजस्तै अन्य सुत्केरी आमाले स्वस्थ तथा तन्दुरुस्त सन्तान जन्माउन कसरी सक्लान् भन्ने पिरलो भइरहन्छ । एउटा गर्भवतीले पोसिलो खानेकुराको अभावमा अपांग, अस्वस्थ सन्तान जन्माउन बाध्य हुन्छिन् भने त्यसको जिम्मेवारी घरका अन्य सदस्य तथा सरकारले लिनुपर्छ । स्वस्थ सन्तानलाई जन्म दिनु आमाको अधिकार हो भने त्यसमा सहयोग गर्नु सबैको कर्तव्य हो ।
रोल्पाकी एक महिलाले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समयदेखि परिवार नियोजनको अस्थायी साधन तीनमहिने सुई लगाइदिने गरेकी रहिछिन् । उनी दिनभरि मजदुरी गर्न बाहिर गएको बेला आफ्नै गाउँलेबाटै छोरीसँग दुव्र्यवहार हुन सक्ने डरले यस्तो गर्नुपरेको उनको पीडा रहेछ । दिसा, पिसाब तथा महिनावारी स्याहार्न नसक्ने छोरी गत वर्ष मात्रै बलात्कारको सिकार हुँदा गर्भपतन गराउनुपरेको उनको भनाइ थियो । सन्तान पेटमा आएपछि उचित खानपिन तथा उपचारको अभावमा अस्वस्थ सन्तानको जन्मपछिका पीडा आमाबुवाका लागि खपी नसक्ने हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)