'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
swasthyakhabar.com · Thu Jun 11 07:13:00 GMT 2026

नेपाल चिकित्सक संघ (एनएमए) ७६ वर्षको इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र प्रभावशाली पेशागत संस्थामध्ये एक हो। पञ्चायतकाल, राजाको प्रत्यक्ष शासन, लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वदेखि कोभिड महामारीसम्मका कठिन मोडहरू पार गरेको यो संस्थामाथि पछिल्लो समय भने आन्तरिक एकता, नेतृत्व शैली, नयाँ पुस्ताको अपेक्षा र संस्थागत रूपान्तरणका विषयमा प्रश्न उठिरहेका छन्। के नेपाल चिकित्सक संघ आफ्नो गौरवशाली इतिहासबाट विचलित भएको हो ? नयाँ पुस्ताले खोजेको नेतृत्व र कार्यशैली दिन संघ सफल भइरहेको छ त? चिकित्सक र नागरिकबीच बढ्दो दूरी कसरी घटाउन सकिन्छ?
यिनै विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरका लागि प्रवीण ढकाल र डिबी खड्का ले नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की सँग विस्तृत कुराकानी गरेका छन्। चिकित्सक आन्दोलन, कोभिडकालीन नेतृत्व, युवा पुस्ताको भूमिका, संस्थागत सुधार र एनएमएको भविष्यबारे उनले खुलेर आफ्ना धारणा राखेका छन्। डा. कार्कीको निष्कर्ष स्पष्ट छ- ‘नेपाल चिकित्सक संघ मझधारमा होइन, नयाँ मोडमा छ; इतिहासको जगमा उभिएर अब यसले समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छ।’ प्रस्तुत छ उनीसँगको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)