मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ए डिभिजन लिग : एनआरटीको सहज जित

annapurnapost.com · Tue Jan 18 06:47:00 GMT 2022

काठमाडौं : न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुवै गोल गरे। एनआरटीले दुवै गोल दोस्रो हाफमा गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६९औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। मेसुके ओलोमोउको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। त्यसपछि ७३औं मिनेटमा दर्शनले नै व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए। उनले स्टेफन समिरको पासमा गोल गरेका थिए। जावलाखेलले पनि गोलका थुप्रै अवसर बनाएको थियो। तर, त्यसलाई सदुपयोग गर्न नसक्दा हार खेप्न बाध्य भयो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)