स्पेस टेक्नोलोजीमा चीनको कदमः लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा
barnanmedia.com · Mon Mar 09 20:15:00 GMT 2026

चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–८ए वाई८ क्यारियर रकेट दक्षिण चीनको हाइनान प्रान्तस्थित प्रक्षेपण स्थलमा सुरक्षित राखिएको छ । आगामी दिनहरूमा यसको प्रक्षेपण हुने तालिका तय गरिएको छ ।
लङ मार्च–८ए लङ मार्च–८ श्रृङ्खलाभित्रको सुधारिएको मोडेल हो । यसले ७ टन तौलको पेलोड ७०० किलोमिटर कक्षमा पु¥याउन सक्ने क्षमता राख्छ । उच्च घनत्व र द्रुत सेटेलाइट प्रक्षेपणका लागि विशेष रूपमा डिजाइन गरिएको यस रकेटले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक अन्तरिक्ष मिशनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)