बरुण नदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् परियोजना रोक्न स्थानीय समुदायको माग
onlinekhabar.com · Thu Jun 11 07:14:30 GMT 2026

२८ जेठ, काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलास्थित लोम्ब तेम्बाङ्ग मध्यवर्ती उपभोक्ता समूहले बरुण नदी क्षेत्रमा निर्माणाधीन १३२ मेगावाट क्षमताको ‘तल्लो बरुण खोला जलविद्युत् परियोजना’ तत्काल रोक्न माग गरेको छ ।
समूहका अध्यक्ष डुक्पा थिकपा भोटेले मकालु–बरुण राष्ट्रिय निकुञ्ज कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै परियोजना प्रवर्द्धक एम्पिक इनर्जी प्रालिले स्थानीय समुदायको सहमति र आवश्यकता बेवास्ता गर्दै निर्माण कार्य अघि बढाएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ