मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जी-२० को मूल नारामा चीनको आपत्ति

ekantipur.com · Thu Sep 07 00:37:31 GMT 2023

नयाँदिल्ली — चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’ को अर्थ ‘विश्व एक परिवार’ हुने अर्थ्याएका छन् ।

भारतको थिम ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ रहेकाले उक्त सूक्तिले त्यो अर्थ नदिने चिनियाँ विज्ञको दाबी छ । ‘वसुधैव कुटुम्बकम’ ले ‘एक पृथ्वी, एक परिवार’ दर्शाए पनि ‘एक भविष्य’ अर्थ नदिने उनीहरूले बताएका छन् । त्यसैले उक्त सूक्तिलाई जी–२० को विज्ञप्तिमा प्रयोग गर्न नहुने चिनियाँ पक्षको भनाइ छ । भारतले जी–२० को अध्यक्षता ग्रहण गरेदेखि नै लोगो तथा कार्यक्रममा उक्त सूक्तिको प्रयोग गर्दै आएको छ र साझा दस्ताबेजमा पनि त्यसैलाई प्रयोग गर्न प्रयासरत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)