मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व द्वन्द्वको प्रभाव: लेबननमा इजरायल–हिज्बुल्लाह भिडन्त

barnanmedia.com · Mon Mar 09 21:15:01 GMT 2026

लेबननमा जारी सङ्घर्षमा हिजÞबुल्लाहले पूर्वी लेबननमा हेलिकोप्टरमार्फत प्रवेश गरेको इजरायली सेनासँग लडिरहेको जनाएको छ । यो पछिल्लो इजरायल–हिजÞबुल्लाह द्वन्द्वको दोस्रो ठूलो भौतिक मुठभेड हो । गत हप्ता इरान समर्थित हिजÞबुल्लाहले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिकी–इजरायली हवाई आक्रमणमा हत्याको जवाफस्वरूप इजरायलमाथि हमला गरेको थियो, जसले लेबननलाई मध्यपूर्व युद्धमा तानेको थियो ।

इजरायलले सन् २०२४ को स्थायी अवधीपछि पनि हिजÞबुल्लाहलाई लक्षित गर्दै लगातार हवाई आक्रमण जारी राखेको छ र सीमाक्षेत्रमा भूतल सैनिक पठाएको छ । हिजÞबुल्लाहले सिरियाली सीमाबाट करिब १५ इजरायली हेलिकोप्टर प्रवेश गरेको पत्ता लागेको र आफ्ना लडाकूहरूले उनीहरूलाई कारवाही गरेको जनाएको छ । लेबननको राष्ट्रिय समाचार एजेन्सीले नबी शीट गाउँको बाहिरी क्षेत्रमा ती हेलिकोप्टर र सैनिकसँग तीव्र मुठभेड भएको रिपोर्ट गरेको छ । बेका क्षेत्रमा कार्यरत हिजÞबुल्लाहका दुई अधिकारीले एक इजरायली हेलिकोप्टर ढलेको जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)