मुग्लिन हाइवे अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
abhiyandaily.com
चितवन (अस) । उद्योग वाणिज्य संघ चितवनले इच्छाकामना गाउँपालिकाको मुग्लिन हाइवे अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकालाई कोभिड न्यूनीकरण र स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन उक्त सामग्री हस्तान्तरण गरिएको संघले बताएको छ ।
संघले इच्छाकामनास्थित मुग्लिन हाइवे अस्पताललाई करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अस्पतालका अध्यक्ष रामबहादुर लामालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिए । उक्त अस्पतालले ४० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी गरिरहेकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)