नेपाल पुलिस फाइनलमा प्रवेश
ekantipur.com · Sat Apr 13 16:38:56 UTC 2024
बारा — विभागीय टीम नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालाको मैदानमा फ्लड लाइटमा भइरहेको प्रतियोगिताअन्तर्गत शनिवार भएको खेलमा अर्का विभागीय टीम एपीएफलाई ३–० ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।
दर्शकले भरिभराउ मैदानमा दुबै विभागीय टीमबीच निकै प्रतिस्पर्धात्मक खेल भएपछि रोमाञ्चक बनेको थियो । एपीएफको टिम सम्हालिन नपाउँदै खेल सुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)