मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारद्वारा एकै दिन १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

rajdhanidaily.com · Tue Apr 12 23:26:39 GMT 2022

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरीमा अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अनुसन्धानमा पुष्टि भएको भन्दै मंगलबार सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बंगुर अनुसन्धान एकाइमा इकाइ प्रमुखका रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र प्रकाशकुमार यादव तथा बंगुर बेच्न प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर भएको भेटिएको छ । साथै आयोगले अनुसनधान केन्द्रका कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठको मिलेमतोमा बंगुुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाइ अनियमितता गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरूले त्यसरी बिक्री गर्दा ७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)