मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सरकार असफल त भएन, तर हुटहुटीअनुसार परिणाम आएन’

annapurnapost.com · Wed Dec 27 00:47:15 GMT 2023

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गर्दै अब कार्यशैली बदल्ने वाचा गरेका छन्। सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले आफ्नै सहकर्मी मन्त्रीहरूको कार्यक्षमताप्रति तीव्र असन्तुष्टि जनाए। उनले अब मन्त्री फेरेर अघि बढ्ने स्पष्ट संकेत गरे।

‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था वा मनस्थितिमा छैन। हामी सबै आआफ्नो भूमिका माथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)