मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् प्रदेश १ मा एमाले र काँग्रेसबाट चुनिने २७ समानुपातिक सांसदहरू

ratopati.com

प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये ५८ जना प्रत्यक्ष र ३७ जना समानुपातिक तर्फबाट छानिने कानुनी व्यवस्था छ । प्रत्यक्षका ५८ मध्ये नेकपा एमालेले २५, नेपाली काँग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट जितेका छन् ।

समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले थप १५ सांसद सिट पाउने छ । एमालेले प्रदेश १ मा ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । काँग्रेसले ५ लाख ६२ हजार ९५६, माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, राप्रपाले पनि १ लाख ९८ हजार ५११, जसपाले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादी ५५ हजार ९५७ मत पाएको छ । जसअनुसार समानुपातिकको ३७ सिटमध्ये एमालेले १५, काँग्रेसले १२, नेकपा माओवादीले ४, राप्रपाले ४, जसपाले १ र नेकपा एसले १ सांसद पाउने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)