मेस्सीको दुई गोलमा पीएसजीको जित
news24nepal.tv · Wed Oct 20 00:45:37 GMT 2021
एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी क्लब लाइप्जिगमाथि जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लाइप्जिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले दुई गोल गरे भने युवा फरवार्ड किलीयन एमबाप्पेले एक गोल थपे । लाइप्जिगको लागि आन्द्रे सिल्भाले र नोर्दिक मुकिएले समान एक-एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)